मह जोडीले अमेरिकन दुतावासबाट करोडौँ रकम असुल गरेको खुलासा



६ जेष्ठ २०७५, काठमाडौ

नेपाली हास्या जगतक वरिष्ठ हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकन दुतावासबाट करोडौँ रकम असुल गरेको खुलासा भएको छ ।

नेपाली जनतामा सचेतना जगाउने तथा सूचनामूलक चलचित्र बनाउने बाहनामा श्रेष्ठ र आचार्यले यति ठूलो रकम लिएको खुलेको छ ।

अमेरिकन दुतावासबाट उनीहरुको ‘मह’ सञ्चार नामक संस्थाले ७ पटकमा ५ लाख ६ सय अमेरिकन डलर लिएको खुलेको हो । उक्त रकम नेपाली मुद्रामा साढे ५ करोड हुन आउँछ स्रोतले जनायो ।

यति ठूलो रकम मह जोडीले लिएको रहस्य खुलेपछि विभिन्न खालका टिकाटिप्प्णी उनीहरुको सुभेच्छुकहरुले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्