साच्चै भुसाल कति खुसी होलान !



७ जेष्ठ२०७५, काठमाडौ

एमालेको जबजवादी डकुमेन्टको ओरिपरी फन्को मार्न माओवादी केन्द्रको पालुङ्टार बैठकको निष्कर्ष आइपुगेपछी एमाले उपमहासचिव घनश्याम भुसालले अब एक्काइसौं शताब्दीवाला कार्यक्रमको च्याप्टर क्लोज भएको औपचारिक घोषणा गरिदिएका थिए ।

माओवाद  अझ अगाडी बढेर फन्को मार्न आएको ठाउँ स्वयं जबज पनि नौलो बाटो निर्माण गर्नै पर्ने बाध्यतामा परिसकेको ठोकुवा समेत उनले गरेका थिए ।

स्वयं एमाले भित्रकै एक पङ्तिबाट  उनको यो गम्भीर ठोकुवालाइ जबज विरोधी भनेर करार मात्रै गरिएन, अझ अगाडी बढेर जबजको वर्तमान कार्यक्रम अनन्तकालसम्म चिरस्थायी रहने घिसिपिटी सहितको दावी बनिबनाउ प्रस्तुति सहित प्रमाणित गर्न पनि खोजियो ।

मुलुक आजको समाजवादी गफ गर्ने ठाउँमा जबजको शान्तिपुर्ण क्रान्तीवाला राजमार्गबाट नै आइपुगेको निस्कर्श भुसालले निकाल्ने गरेका थिए । उनले फेरिएको समय र सन्दर्भलाई मध्यनजर गर्दै यसैको रचनात्मक विकास अपरिहार्य रहेको गहिरो विश्लेषण गरिरहेकै थिए ।

नेपाली जनता र सिङ्गो कम्युनिस्ट आन्दोलनलाइ भयंकर ठूलो गुन लगाएर बितेका २३-२४ वर्ष  नेपाली समाजको वैचारिक नेतृत्व जबजले नै गरेको र त्यसको नेताका हिसाबले जननेता क. मदन भण्डारी अप्रत्याशित विदा हुनुपरेको विश्लेषण पनि उनी दुनियाँलाई बताइरहेकै थिए ।

तत्कालीन एमालेका नेता तथा उपमहासचिव भुसालको यो विश्लेषण अति नै तथ्यपरक थियो, अति नै  समय सान्दर्भिक थियो भन्ने कुरा स्वयं भुसाललाई नै थाह नदिइ सर्वोच्च नेताद्वय क. ओलि र क.प्रचण्डले पुष्टि मात्रै होइन , व्यापक भन्दा पनि व्यापक पुस्टि गरिदिए ।

प्रतिक्रिया दिनुहोस्