बुनपामा ‘स्वस्थ जागरण अभियान’ सम्पन्न



६ जेठ २०७५, काठमाडौँ

बुढानिलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा भएको ‘घर घरमा स्वस्थ सेवा’ भन्ने उदेश्यकासाथ स्वस्थ जागरण अभियान रिलायन्स को–एड बालुवाखानीमा सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बुनपाका नगर प्रमुख उद्धव खरेल विशेष अतिथि रहेका थिए । कार्यक्रममा बुनपा उप-प्रमुख रमा राई, बुनपाका निर्वाचित वडा अध्यक्षहरु  वडा नं १० का नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु प्रसाद भट्टराई लगायत वडा सदस्यहरु, समाजसेवी लगायत विभिन्न अतिथिहरु रहेका थिए ।

शिविर चलाउँदा खानपानमा ध्यान दिने र समाजमा जनचेतनामूलक जानकारी दिनुपर्ने मन्त्री पोखरेलले बताएका थिए । पोखरेलले अहिले शिक्षा नियमावली बन्दै रहेको बताउँदै भर्ना तथ्याङ्क अभियान सार्वजनिक गर्न लागेको जानकारी दिएका थिए ।

वातावरण सफा गर्ने, फोहोर व्यवस्थापनमा ध्यान दिने, स्वस्थ रहन सर्वप्रथम पिउने पानीमा सबैको पहिलो प्राथमिकता रहनु पर्ने नगर प्रमुख खरेलले बताए ।

नगर प्रमुख खरेल भन्छन् “नगरका समुदायमा बस्ने मानिसले, मानवले गर्ने सामान्य नियम पालना नगर्नेलाई नगरपालिकाबाट पाउनेसेवा सुविधाबाटै वञ्चित गर्दछौँ ।”

‘निःशुल्क स्वस्थ्य परिक्षण, निःशुल्क औषधी वितरण’ स्वस्थ जागरण अभियानमा वरिष्ठ चिकित्सकहरु द्धारा आखा, दाँतको साथै सामान्य चिकित्सा, सुगर, प्रेसर, पिसाव सम्बन्धि परिक्षण साथै जेड स्टोन थेरापि विधिबाट उपचार भएको थियो । कार्यक्रममा जेष्ठ तथा बालबालिकाहरुका लागि विशेष प्राथमिकता रहेको थियो ।

उक्त कार्यक्रमको संयोजक सामुदायिक विकासका लागि महिला समाज नेपाल बुनपा १० कपन काठमाडौँ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्