‘म हजुरबुवा भएको छु’ : हाँस्यकलाकार हरिवंश आचार्य



३० वैशाख २०७५, काठमाडौं

बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक र बुहारी जोएको पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् । यो कुरा उनले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत नातिको फोटो सेयर गरी जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘म हजुरबुवा भएको छु, नातिको पहिलो तस्वीर’

लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्किसँग २०७३ को असारमा नेपाली परम्परा अनुसार अमेरिकामा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्