
बिराटनगर, २२ वैशाख २०७५
‘हाम्रो रहर सफा सुन्दर विराटनगर’ भन्ने मूल नाराको साथ परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाको आयोजनामा गरिरहेको सरसफाइ महाअभियान आज १२ औं हप्तामा पुगेको छ ।
महाअभियान आयोजकले विराटनगरको पुस्पलाल चोक स्थित जागृती महिला बृद्धाश्रममा रहेका आमाहरूलाई फलफूल तथा जुस वितरण, फूल गोडमेल, बृद्धाश्रम वरिपरि सरसफाई र आश्रम वरिपरी भत्केका पर्खालहरुको मर्मत समेत गरेका थिए । साथै फोहोर व्यवस्थापनको लागि आवश्यक डस्टबिन उपलव्ध गराइ कार्यक्रम समापन गरेको जानकारी अभियन्ता राम पोखरेलले दिएका छन् ।
अभियानमा नेपाल प्रहरी, स्थानीय सरकार र स्थानीय समेतले सहयोग गरेका थिए । ‘समाज परिवर्तन गर्न पहिले आफू परिवर्तन हुनुपर्छ भन्ने धारणा अर्का अभियन्ता तुल्सि घिमिरेले व्यक्त गरे ।
अभियन्ताहरुको सामूहिक धारणा छ, ‘परिवर्तन गर्न पहिले आफुबाट नै सुरु गरौ’ भन्दै थालनी गरेको सरसफाई महाअभियानले १२ औं हप्ता पनि निरन्तरता पाएकोमा खुशी छौँ ।’