नारायण नेपालको मनको दर्पण भाइरल हुदै (भिडियो सहित)



काठमाडौं, २० वैशाख

भिम बि.सी. र अनुस्का घिमिरेको स्वारमा  एउटा फरक स्वादको गीत मनको दर्पण यतिखेर बजारमा आएको छ ।

पछिल्लो समय गीतसंगीतमा बेग्लै स्थान बनाउन सफल गीतकार नारायण नेपालको शब्दमा भिम बि.सीले नै  संगीत भरेका हुन्  । गीतलाई भिक्रम कार्कीले संगीत संयोजन गरेका छन ।

देवराज, सन्तोष र अन्जलिको  अभिनय रहेको गीतमा तिन जनाको उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ ।

भेनस रेकर्डिङ स्टुडियोमा मिक्सिंग र मास्टरिंग गरिएको गीतले ७ हजार बढी भ्यूअर्स पाइसकेको छ । गीतलाई सङ्स् नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्