नारायणगढ-गुग्लिन सडक जेठ १६ सम्म नबुझाए कारबाही



काठमाडौं १३ वैशाख : नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारबाही गर्ने भएको छ । उक्त सडक विस्तारलाई जेठ १६ गते अगावै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।

उक्त मितिमा सडक विस्तारको सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारबाही गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठाले बताए । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्