मनोजको पार्टी गीतमा बोल्ड श्रृष्टी (भिडियो सहित)



गायक मनोज महत्तोको आवाजमा समावेश ‘नाचौँ गाऔँ झुमौँ’ बोलको गीतले युट्युबमा सार्वजानिक भएके छ । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको सङ्गीत रहेका छ ।

गायक महत्तो भन्छन्–‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् ।’ यसैले, पनि मैले यस पटक गहकिला शब्द प्रयोग गरेको छैन । टपरी टाइपका शब्द प्रयोग गर्दै यूवापुस्तालाई लक्षित गरेको छु । यो गीत मैले स्टेजमा गाए ‘भने दर्शक झुम्ने कुरामा विश्वस्त छु ।’

करिब १ वर्ष अगाडि यो गीत तयार गर्ने सोच पलाएको भन्दै अहिले दर्शकमाझ आऊदा आफू उत्साहित भएको बताए । निशान घिमिरेले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाङ्कन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ । भिडियोमा मोडल श्रृष्टी खड्का बोल्ड देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्