अझै भूकम्पमा ज्यान गुमाएका ३१ को सनाखन हुन सकेनन्



काठमाडौं १२ वैशाख: त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ ।

२०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन ।

सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसुकै बेला निकाल्न सक्ने गरी सुरक्षित रूपमा गाडेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्