‘छक्का पञ्जा ३’ मा दीपिका मुख्य नायिका



काठमाडौं,  ११ वैशाख

सर्वाधिक सफल फिल्म ‘छक्का पञ्जा’को तेश्रो श्रृङखला मा ‘ऐश्वर्य’ डेव्यु नायिका दीपिका प्रसाईं मुख्य नायिकाको रुपमा फाइनल भएकी छन् । अभिनेता दीपकराज गिरीको अपोजिटमा दीपिका छक्का पञ्जा ३ मा पक्का भएकी हुन् ।

स्क्रिप्टको माग अनुसार दीपिका फाइनल भएको निर्देशक दीपाश्री निरौलाले बताइन् । ‘हामीलाई बोेल्ड एण्ड ब्युटिफूल लेडीको आवश्यकता थियो’, निर्देशक निरौलाले फिल्ममा दीपिकाको भूमिका बारे भनिन्, ‘स्क्रिप्टमा भएको यो गुण हामीले दीपिकामा देख्यौं । स्क्रिप्टको डिमान्ड र टिमको सहमती पछि ‘छक्का पञ्जा ३’ मा उनी भित्रिएकी हुन् ।’

यसअघिका दई सिरिजमा दिपकको जोडी भएर प्रस्तुत भएकी नायिका प्रियंका कार्की भने ‘छक्का पञ्जा ३’ मा विशेष भूमिकामा प्रस्तुत हुनेछिन् । तेश्रो सिरिजमा दीपकको अपोजिटमा दीपिका भित्रिएकी हुन्। पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा दीपिका नयाँ रहेपनि, दीपक, प्रियंका, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरु यथावत छन् । नायिकाद्वाय बर्षा राउत र स्वस्तिमा खड्का भने ‘छक्का पञ्जा’ को तेश्रो सिरिजमा अटाएनन् ।

दीपकराजको कथा तथा पटकथा रहेको फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माले संगीत सृजना गर्दैछन् । कोरियोग्राफी कविराज गहतराजकै रहनेछ । संवाद दिपक, जितु, केदार यमन श्रेष्ठले लेखेका हुन् । निर्माताको रुपमा पुरुषत्तम प्रधान, सुमन गिरी भान्जा, निशान बजगाईं सहित दीपक-दीपा, जितु, केदार छन् ।

फिल्मको छायाँकन यही बैशाख १७ देखि सुरु हुने दिपाश्रीको भनाई छ । पोखरा र दमौलीमा फिल्म खिचिनेछ । रिलिज दशैंलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्