मोनो रेल काठमाडौंको लागि अनुपयुक्त



काठमाडौं ११ वैशाख: रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली इन्जिनियर तथा विज्ञहरूले काठमाडौंका लागि मानो रेल उपयुक्त नभएको बताएका छन् ।

सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिवार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भूकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौँका लागि उपयुक्त नभएको बताए ।

दीर्घकालीन हिसवाले हेर्दा काठमाडौँ उपत्यकामा मेट्रो अर्थात् भुमिगत रेलसेवा नै चाहिन्छ, उनले भने । यो समाचार आजको कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्