४२७ नेपाली कतारमा अलपत्र



काठमाडौं ११ वैशाख: कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो ।

कतारका महत्त्वपूर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरूको ४ महिनादेखि ७ महिनासम्मको तलब रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ ।

कम्पनीमा मासिक रूपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् । यो समाचार आजको कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्