नेता मोटाए, जनता उस्तै



काठमाडौं ११ वैशाख: २०६३ ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौँको सङ्ख्यामा जनता सडकमा निक्लिएके त्यो दिनभन्दा धेरै अघिदेखि सडक सुनसान थियो ।नेताहरू थुना र नजरबन्दमा थिए । प्रेसमाथि सेन्सरसिप लगाएर राजाको शासनविरुद्ध लेख्न, बोल्न बन्देज गरिएको थियो ।

त्यो एैतिहासिक दिन थियो, जो नलको राजनीतिकमा न पहिले आउँ थियो न फेरि आउने छ, नेपाल पत्रकार महासङ्घका पुर्वसभापति विष्णु निष्ठुरी भन्छन् । प्रत्येक पटक वैशाख ११ ले सडकभरि ओईरिएका मासिन अनि आक्रोस र उल्लास मिश्रित तिनका अनुहारको अभिव्यक्ति झल्काउने उनी बताउँछन् ।

यस्तमो पत्रकार महासङ्घले बिस्तारै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवाज उठाएर आन्दोलन सुरु गर्‍यो, उनी सम्झन्छन्, नेपाल बारले तुरुन्त त्यसमा साथ दियो इन्जिनियरिङ एसोसिएसन, चिकित्सक सङ्घ प्राध्यापक सङ्घ र शिक्षक सँग सङ्गठन पनि यसमा जोडिन आउँदा पेसागत सङ्गठनको ठुलो गठबन्धन नै बन्यो जसमा कारण आन्दोलनको राप र ताप बढ्न थाल्यो । यो समाचार आजको कान्तिपुरले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्