दीपकले फेसबुकमा ‘बिरालो आउँछ’ लेख्दा  भाष्करसंग  दोहोरी



काठमाडौं, ६ वैशाख

बिहिबार बिहानै जसो निर्माता, लेखक तथा अभिनेता दिपकराज गिरीले फिल्म चल्दा पनि निर्माताले राम्रो सेयर नपाइरहेको गुनासोयुक्त स्टाटस आफ्नो फेसबुकमा पोस्ट गरे । लगत्तै क्युएफएक्सका भाष्कर ढुंगाना दिपकको स्टाटस विरुद्धमा उत्रिए ।

‘फिल्म चलेपछि निर्माताको हातमा आउनुपथ्र्यो शेयर तर आउँछ बिरालो । अब यो सिन्डिकेट बिरुद्ध…’भनी दिपकले पोष्ट गरेको स्टाटसमा भाष्करले प्रति प्रश्न सहितको जवाफ फर्काए । भाष्करले लेखे, तपाईले गरेको ब्यापारिक सम्झौता अनुसार तपाइलाई कसैले सेयर दिएको छैन भने तपाई पुलिस प्रसाशन कहाँ जान सक्नु हुन्छ । होइन भने यस्तो अचथउतष्अ र हल्का विचार राखेर प्रदर्शक साथीहरुलाई अपमान नगर्नु भन्ने मेरो आग्रह । भाष्करको यस खालको कमेन्ट आए लगत्तै दिपकले उत्तर फर्काइहाले । पढ्नुस् भाष्कर र दीपकको फेसबुक जुहारी :

दीपक : बिचारको लागि धन्यबाद सर । एक त यहाँ प्रदर्शक साथिहरूको कहि कतै नाम उल्लेख गरिएको छैन । हिजो हजुर बुवाले बिरालो बाँधेको कागजमा मैले त हस्ताक्षर गरें होला । मेरो भावि पुस्ताले नगर्न सक्छ । आफूले पाउँदै आएको कुरा अव्यवहारिक छ भन्दा हलुका नलाग्नु पर्ने ।

भाष्कर : सर तपाईं अभिनय त राम्रो गर्नु हुन्छ, तर तर्क चाहिं दिनु हुन्न । तपाई भिक्टिम हो भने किन हो भनेर खुलाउनु न । कहाँ भयो तपाइलाई अन्याय ? के कारणले तपाई वा तपाईका साथीहरुले बडी सेयर पाउनु पर्ने ? तपाई हिट भएर धेरै व्यापार ल्यानु भएकोले ? तपाइले अरु भन्दा बढी लगानी गर्नु भएकोले ? तपाइले बडी जोखिम लिएर पृथक फिल्म बनाउनु भएकोले ? केहि त होला नि तर्क ? वा क्युएफएक्स ले बढी पैसा कमायो त्यसको खास आधार नै छैन भने पनि हुन्छ । म रिसाउँदिन । तर केहि न केहि तर्क त चाहियो नि हैन ?

दीपक : यहाँ नेर त्राह भन्ने शब्द सरले नलेख्नु भएको भए हुन्थ्यो सम्पूर्ण मल्टीप्लेक्स र सिगंल थिएटरकै कुरा गर्दैछु । परम्परागत कुरै ठिक छ भन्ने भ्रम बाट हजूरहरू र हामिहरू दूबै मुक्त हुनु पर्छ । अब त हुँदा हँदा केहि सिगंल थिएटरले पनि हलमा सुधार नगरी ५०, ४०, ३० प्रतिशतको प्रणालीको सिको गर्न थालेका छन् । जबकि सम्झैता ५०-५० प्रतिशतको थियो । मेरो स्पष्ट बिचार चलचित्र हाउसफुल वा अकुपेन्सी कायम हुन्जेल ५०-५० र अकुपेन्सी कमजोर हुन थाले हल हललाई घाटा हुने अबस्थामा५५-४५ % कायम गर्ने । त्यो पनि भएन कमजोर फिल्म लाई हटाइदिने । यो व्यवहारिक हुन्छ भन्ने हाम्रो भनाइ हो ।

भाष्कर : संसार भरि सिनेमा व्यापारको सेयर बाँडफाडको आधारहरु हुन्छ । यसमा सबै हल वा निर्माता हरुले आफ्नो तर्क राख्लान । हाम्रो पनि छन । सबै पर्मुला सबैको लागि नमिल्न पनि सक्छ तर यहाँ सहजताको लागि, सानो हलको पनि शोषण नहोस्, सानो निर्माताको पनि शोषण नहोस् भनेर दुईवटा संघहरुले दबकष्अ अबचतभ िरुल बनाएको छ । त्यो समय सापेक्षित छैन भन्ने र यसको समय समयमा रिभ्यु हुनु पर्छ भन्नु कुरा ठिकै हो । नयाँ आधार समय समय मा बनाएर जानु पर्छ म तपाइको यो कुरामा सहमत छु । मा यो पनि कुरामा सहमत छु कि धेरै व्यापार ल्याउने, गराउने व्यवासाहीहरु पुरस्कृत हुन पर्छ । यो आधार को एउटा खम्बा हो भने तपाई आफ्नो तर्क राख्नुहोस् हामी आफ्नो तर्क । हामीलाई पनि हामीले लिएको रिस्क अनुसार र हामीले दिएको व्यापार अनुसार तपाईले पाएको तपाइको रिस्क रिर्टनको अनुपातमा रिटर्न नआएको जस्तो लाग्छ । हामी पनि त्यसको तर्क राख्छौ, तपाईं पनि राख्नुहोस् । कि हाम्रो सेयर बढ्छ कि तपाईंको बसेर कुरा गरौं । तर म मात्रै भिक्टिम अरु सबै चोर भन्ने तपाईको यो घुमाउँरो अभिव्यक्ति, न तर्कसम्मत छ, न तपाइको वदा निर्मातालाई सुहाउने ।

दीपक : सरको पछिल्लो भनाई मै समाधान छ । हामी दुबै केहि बेरको बिचार बिमर्शमै करिब करिब एकै बिन्दुमा पुग्यौं । यहि उपाए नै अन्तिम उपाए हो । सरको स्ट्याटसको पछिल्लो लाइन चाहि अन्यथा नलिइ मलाइ गरिएको मायाको रूपमा मात्रै लिएको छु । मायालाई फिल गर्ने हो तर्क गर्ने होइन ।

प्रतिक्रिया दिनुहोस्