हतारमा नराम्रो डिसिजन गर्दिंन : पल शाह



काठमाडौं, ६ वैशाख

तपाईं नायक पल शाहलाई लिएर फिल्म बनाउँदै हुनुहुन्छ ? हतार नगर्नुस् पल केही महिना आराम गर्ने सोचमा छन् । करिब तीन महिना पछि मात्रै उनी फिल्मका लागि तयार हुनेछन् ।

बुधबार जय नेपाल हलमा नेपाल स्नेही काखका आमाहरुलाई ‘शत्रुगते’ देखाएका पलले केही समय आराम गर्ने बताएका हुन् । ‘तत्काल फिल्म गर्दिंन । केही महिना रेष्ट गर्ने अनि आफुलाई तयारी बनाउने’, पलले भने, ‘राम्रो स्क्रिप्ट पनि नछुटोस् र हतारमा नराम्रो डिसिजन पनि नहोस् ।’ तर आगामी फिल्ममा लभ स्टोरी जनरालाई नछोड्ने पलले बताए ।

गत साल पल अभिनित तीन ‘शत्रुगते’ सहित ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आए । यो साल भने पलले कुनै पनि फिल्म साइन गरेक छैनन् । त्यसकारण उनी अभिनित फिल्म रिलिज हुने टुंगो छैन ।

प्रतिक्रिया दिनुहोस्