
काठमाडौं, ५ वैशाख
डेव्यु फिल्म ‘लिलिबिली’ बाट नायिका जसिता गुरुङले तारिफ पाइरहेकी छन् । सुन्दरी जसिताको अभिनय भन्दा ज्यादा भ्वाइसको तारिफ भैरहेको छ । फिल्ममा जसिताको स्वर साँच्चै राम्रो सुनिएको छ ।
तर आश्र्चय लाग्दो यो छ कि ‘लिलिबिली’ को त्यो मिठो भ्वइस जसिता आफ्नै भने होइन् । नायिका सारा शिर्पाइलीले जसिताको लागि उक्त भ्वइस डव गराएकी हुन् । ‘रुद्र’ डेव्यु साराको डव जसितालाई निकै सुट गरेको छ । ‘लिलिबिली’ बाट जसिताको प्रशंसाको आधा हिस्सा सारा पनि भएको धेरैको ठम्याइ छ । किनकी एउटा कलाकारका लागि अभिनय सँगसँगै आवाज पनि राम्रो हुन जरुरी छ ।
यसकारण आगामी फिल्ममा जसिताले के गर्लिन् त ? आफ्नै स्वरमा डव गराउँलिन् या साराको साहारा लेलिन् ?





