
काठमाडौं, ५ वैशाख
निर्देशक प्रसन्न पौडेल विवाह बन्धनमा बाँधिएका छन् । सर्लाही निवासी सृष्टि खतिवडासँग प्रशन्नले लगनगाँठो कसेका हुन् । बैशाख ४ गते काठमाण्डौंको राम मन्दिरमा हिन्दु परम्परा अनुसार प्रशन्न र सृष्ट्रिको विवाह भएको हो ।
मोडल सिम्पल खनालसँग बिहे गरेका प्रशन्नको यो दोश्रो विवाह हो । सिम्पलसँग उनको धेरै वर्ष अगाडी सम्बन्ध विच्छेद भैसकेको छ । फिल्म ‘स्वर’ का डेव्यु निर्देशक प्रशन्नले ‘मेरो वेस्ट फ्रेन्ड’ निर्देशन गरेका छन् भने ‘कमलेको बिहे’ प्रदर्शनको क्रममा छ । प्रशन्न विशेषतः म्युजिक भिडियो निर्देशनमा जमेका निर्देशक हुन् ।





