लिलीबिलीको कमाई ३ करोड



काठमाडौं ५ चैत: निर्माता गोविन्द शाहीले आफ्नो फिल्म लिलीबिलीले प्रदर्शनको पाँच दिनमा (मंगलबारसम्म) साढे तीन करोड रुपैयाँ व्यापार गरेको बताएका छन् । सिंगल र मल्टिप्लेक्स, दुवैमा पाँचौँ दिन पनि दर्शकको उत्तिकै चाप रहेको बताउँदै शाहीले भने, ‘दर्शकले लिलीबिली निकै मन पराएका छन् । हलमा दर्शकको चाप उस्तै छ ।’

दर्शकले प्रदीप खड्का र जसिता गुरुङको कामलाई विशेष मन पराएको उनलेबताए । ‘फिल्म नै राम्रो भएकाले व्यापार बढिरहेको छ,’ उनले भने, ‘त्यसमा पनि दर्शकले प्रदीप र जसिताको काम निकै मन पराएका छन् ।’

स्कटल्यान्ड, टर्की र बेलायतका विभिन्न स्थानमा खिचिएको लिलीबिली मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाही मुख्य भूमिकामा छन् । हलमा युवा दर्शकको चाप हुने गरेको दाबी वितरकसमेत रहेका निर्माता गोविन्दको छ ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्