१ लाखभन्दा बढी रेमिट्यान्स बैंकबाट लिनुपर्ने



काठमाडौं ५ वैशाख: नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्स पठाउँदा एक लाख रुयैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ ।

अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा दुई लाख रुपैयाँसम्म नगदमा भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५र७६ सुरु भएपछि साउन १ बाट भने एक लाखभन्दा बढी रेमिट्यान्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था संयन्त्रका लागि उक्त निर्देशन जारी भएको हो । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्