मिना राईको ‘डिम्पल मायालु’ सार्वजनिक (भिडियो सहित)



गायिका मिना राईको ‘डिम्पल मायालु’ गीतको म्यूजिक भिडियो सुम्निमा क्रिएसन यूट्युबमार्फत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७५ सालको पहिलो दिन गाउँले इन्टरटेनमेन्ट कक्षबाट गीत सार्वजनिक गरिएको हो ।

वीन ब्रो लक्ष्मण गुरुङको शब्द तथा बरिष्ठ संगीतकार शान्तिराम राईको संगीत रहेको उक्त गीतमा गायिका राईले स्वर दिएकी हुन् । भर्जिन भोइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज भने धिरज श्रेष्ठले गरेका हुन् ।

गायिका मिना राई, छमछमी सिजन–३ की फष्ट रनरअप मनिता राई र रुपकराज राईले मोडलिङ रहेको म्यूजिक भिडियोको छिरिङ लामा ह्वोल्मो र देबराज गुरुङ निर्देशन गरेका हुन् भने विक्रम गौतमले श्रृंगार गरेका छन् । भिडियो सुटिङ धुलिखेलमा गरिएको हो ।

गाउँले इन्टरटेनमेन्ट प्रा.लि.को पोष्ट प्रोडक्सनमा निर्मित उक्त म्यूजिक भिडियोको इडिटिङ भिडियो एडिटर गंगाराम राईले गरेका हुन् ।

फेसबुक लाइभसमेत गरिएको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा गायिका राईले सबैको सदासयता र मायाले गर्दा नयाँ वर्षको रुपमा कोशेलीको रुपमा ‘डिम्पल मायालु’ ल्याउन सफल भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्