हिंसा र दुर्व्यवहार अन्त्य गर्न युवाहरुको माग 



काठमाण्डौं, २ वैशाख २०७५

सार्वजनिक स्थानहरुमा किशोरी तथा महिलाहरुमाथि हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि युवाहरुले सरकारसँग माग गरेका छन ।

लैङ्गिक हिंसा अन्त्य गर, महिलाहरुको शरिर सार्वजनिक स्थल होईन, महिला दुर्व्यवहार अन्त्य गर, बलात्कृत हुन महिला सडकमा हिडेका होईनन, समाजले बलात्कृत नहुनु भन्ने सिकाउछ तर बलात्कार नगर्नु भन्ने सिकाउदैन भन्ने नाराका साथ आज काठमाण्डौको माइतिघर मण्डलामा युथ एड्भोकेसी नेपाल, होम नेट नेपाल, एक्सन एड नेपाल, महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च र फिमेल युथ नेपालले आयोजना गरेको १ घण्टे “सडक दुर्व्यवहार र हिंसा विरुद्धको प्रर्दशन”मा उक्त माग गरेको हुन ।

सार्वजनिक स्थलहरुमा भएका दुर्व्यवहार र हिंसाहरु गम्भिर मानव अधिकार उलङ्घन भएकोले यस्को अन्त्यका लागि युवाहरुले निरन्तर खवरदारी गर्नुपर्ने प्रर्दशनका संयोजक तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए ।

 

प्रतिक्रिया दिनुहोस्