लछुमान गुरुङको डिम्पल मायालु बजारमा (भिडियो सहित)



काठमाडौं, २ वैशाख

मिना राईको स्वारमा एउटा फरक स्वादको गीत डिम्पल मायालु  यतिखेर बजारमा आएको छ । भोजपुर जिल्लाको किमालुंग घर भै हाल बेलायतमा रहेका ट्वीन ब्रो लछुमान गुरुङको रचना रहेको उक्त गीतमा शान्तिराम राईको संगीत रहेको छ  ।
छमछमी सिजन ३ कि फस्ट रनरअप मनिता राई, गायिका मिना राई र रुपकराज राईको अभिनय रहेको गीतमा छिरिङ लामा ग्याल्मोको कोरियोग्राफर र देवराज गुरुङ्गको निर्देशन रहेको छ  । गीतमा तिनै जनाको उत्कृष्ट अभिनय रहेको छ ।गाउघरको याद दिलाउने उक्त गीत सुन्दा यस्तो लाग्छ कोहि परदेशमा बसेर गाउघरको मायामा झुलिरहेको छ , आमाको माया र सम्झानामा रुमलिरहेको छ  । प्रकृति, चराचुरुङ्गी लगाएत सबैको सम्झना दिलाउन सफल यस गित यतिखेर सबैको रोजाई बन्न सफल बनेको छ  ।

भर्जिन भोकल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितमा धिराज श्रेष्ठको एरेन्ज रहेको छ भने सुम्निमा क्रिएसन मार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्