ओखलढुंगाका एक भुकम्प प्रभावितले फिर्ता गरे ५० हजार



ओखलढुंगा । ओखलढुंगाका एक भुकम्प प्रभावितले सरकारबाट लिएको अनुदान रकम फिर्ता गरेका छन् । खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाटेका चेत बहादुर सुनुवारले पहिलो किस्ता बापत लिएको ५० हजार रुपौया र्फिता गरेका हुन् ।

सरकारले अनेत्र घर भएका तथा बस्न योग्य घर भएकाहरुले रकम फिर्ता गर्नुपर्ने सुचना जारी गरेसंगै सुनुवारले पहिलो किस्ता वापतको रुकम ५० हजार रुपौया नगद नै फिर्ता गरेका हुन् ।

आफुले आफ्नो ईच्छा अनुसारको घर बनाएको भन्दै सरकारले दिएको पहिलो किस्ताको रकम स–सम्मान फिर्ता गरेको सुनुवारले छोरा केवश राज सुनुवारबताए । ‘अब अन्य ठाउँमा घर भएका तथा बस्न मिल्ने भएकाहरुले पैसा फिर्ता गर्नुपर्छ रे मैले पनि मेरो आफ्नो ईच्छाएको घर बनाए र बुवाकोे नाममा रहेको ५० हजार सरकारलाई नै फिर्ता दिने निर्णय गरे’ सुनुवारले भने ।

बुधबार जिल्ला समन्वय समितीको कार्यलयमा आएर सुनुवारले रकम फिर्ता गरेका हुन् । यसरी सरकारबाट लिएको अनुदान रकम फिर्ता गर्ने उनि जिल्लामै पहिलो भुकम्प प्रभावित बनेका छन् ।

राष्ट्रिय पुननिमार्ण प्रधिकरण जिल्ला समन्वय समिती ओखलढुंगाले अन्य स्थानमा घर भएका तथा सोही स्थानमा समेत बस्न योग्य घर भएका लाभग्राहीहरुले यसअघि लिएको रकम फिर्ता गरिदिन अग्रह गरेको छ ।

‘यसअघि सरकारले बितरण गरेको रकम लिएका तर उनिहरुको अर्काे ठाउँमा घर छ र त्यही पनि बस्न योग्य घर छ भने त्यस्ता ब्यक्तीलाई हामीले रकम फिर्ता गर्न आग्रह गरेका छौ ’प्राधिकरण कार्यकारी प्रमखु युवराज खरेलले भने । (न्युज 24)

प्रतिक्रिया दिनुहोस्