डिआइजीबाट राजीनामा दिएपछि रमेश खरेलले राजनीति गर्ने चर्चा, यसो भन्छन् खरेल



काठमाडौं । गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्। गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ।

मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए। आजै गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो। खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

खरेलको राजिनामालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । खरेलले पूर्व डिआईजी नवराज सिलवालकै पथ पछ्याउने स्रोतको दाबी छ । स्रोतका अनुसार खरेल सम्भवतः धेरै छिटो राजनीतिमा आउने तयारीमा जुटेका छन् । अहिले खुलेर केही नभने पनि खरेलको लक्ष्य राजनीतिमा जाने नै रहेको कतिपयको विश्लेषण छ ।प्रहरी प्रमुख बन्नका लागि महत्वाकांक्षा पालेर बसेका खरेलले उक्त लक्ष्य पूरा नभएपछि राजिनामा दिनुलाई सामान्य मान्न पनि सकिदैन ।
विगतमा राजनीतिज्ञहरुविरुद्ध दिएको कडा अभिव्यक्तिकै कारण अहिले उनी पछाडि परेको कतिपको बुझाई छ । यद्यपी प्रहरी प्रमुख बनाइएको खनाललाई अयोग्य हुँदाहुँदै अगाडि सारिएको भने होइन ।

प्रतिक्रिया दिनुहोस्