निवर्तमान प्रधानन्यायाधिश पराजुलीको रोकियो पेन्सनपट्टा



काठमाडौं २९ चैत: निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ ।

किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्