प्रम ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित



काठमाडौं २९ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । माओवादी केन्द्रले ओलीको कार्यशैली एकलौटी रहेको भन्दै पार्टी एकता पर्ख हेर को रणनीति अख्तियार गर्न लागेको छ ।

प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएको छ त्यसले हाम्रा नेतारुलाई झस्काएको छ, माओवादी केन्द्रका एक नेताले भने, त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ । अहिले पर्ख र हेरकै अवस्थामा छौँ । याे समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्