रमेश खरेलद्वारा राजीनामा घोषणा



काठमाडौं, २८ चैत: सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै रमेश खरेलले राजीनामाको घोषणा गरेका छ । सहब्याची समेत रहेका खरेलले मंगलबार साँझ यस्तो घोषणा गरेको नयाँ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उनले भनेका छन्,‘आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि बुधबार देखि बिदा हुँदै छु ।’

उनले पद्धति बसाएर निर्णय गनुपर्ने बताउँदै भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्ने बताए । ‘म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ’ उनले भने ।

उनले राजिनामा दिने बताउँदै सरकारप्रति कुनै गुनासो समेत नभएको बताए । ‘म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय र्गयो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ’ उनले भने, ‘दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्