बाल्यकालदेखि ५२ वर्षमा यति बदलिए सलमान (फोटो फिचर)



मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० वर्षपछि यो फैसला आएको हो । दुर्इदिन जेल जिवन बिताएर अहिले सलमान बाहिर आइसकेका छन् ।

सलमानले बलिउडमा पाइला टेकेको २७ वर्षभन्दा बढी समय भएको छ । सलमानलाई पर्दामा धेरैले देखेका छन् तर पर्दापछाडिको उनको जीवन कमै मात्र देखिन्छ । १९६५ मा मध्यप्रदेशको इन्दौरमा जन्मिएका सलमानको वास्तविक नाम अब्दुल रशिद सलिम सलमान खान हो ।

सलमानले १९८८ मा फिल्म ‘वीवी हो तो ऐसी’बाट बलिउड प्रवेश गरेका थिए । उनले मुख्य भूमिकामा भने पहिलोपटक १९८९ मा ‘मैंने प्यार किया’मा काम गरेका थिए । सलमानले अहिलेसम्म ७७ भन्दा बढी फिल्ममा काम गरेका छन् । हेरौं सलमानका केही दुर्लभ फोटोहरु ।

प्रतिक्रिया दिनुहोस्