अव्यावसायिक मुचुल्काको पुलिन्दा



सरकारले जारी गरेको श्वेतपत्र देशको आर्थिक अवस्थाको यथार्थ विवरण समेटिएर जारी गर्नुपर्नेमा झुटको विवरण मात्रै समावेश गरेर जनतालाई दिग्भ्रमित बनाउन खोजेको आरोप प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगाएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि संसद् मार्फत सार्वजनिक गर्नुभएको श्वतपत्रमाथि आधिकारीकरूपमा धारणा सार्वजनिक गर्दै कांग्रेसले श्वेतपत्रलाई लालपत्रको संज्ञासमेत दिएको छ।

श्वेतपत्र जारी हुनासाथ कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरे पनि नेता खुमबहादुर खड्काको निधनपछि केन्द्रीय समिति बैठकले ५ दिनसम्म सबै कार्यालय बन्द गर्ने निर्णय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण रहेका कारण सरकारले ल्याएको श्वेतपत्रमाथि ढिलो टिप्पणी गरेको हो।

भारत भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएको भोलिपल्टै कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर विगतका सबै यथार्थतालाई बिर्सिएर इतिहास आजबाट शुरु भएको ढंगले श्वेतपत्र आएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्