मानार्थ विद्यावारिधिको उपाधी प्रधानमन्त्री ओलीले पाएकोमा बाबुरामले के लेखे ?



काठमाडौं, २६ चैत

प्रधानमन्त्री केपी ओलीले मानार्थ विद्यावारिधिको उपाधी पाएकोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराइले प्रधानमन्त्री ओलीलाई डा.(विद्यावारिधि) क्लबमा स्वागत गरेका हुन् । ट्वीटमा डा. भट्टराई लेख्छन्,‘डा.(विद्यावारिधि) क्लबमा प्र म डा. ओलीलाई हार्दिक स्वागत तथा बधाइ !

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयबाट मानार्थ पीएचडीको उपाधि ग्रहण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्