रन्जित र अमृताको “गैरी गाउको मेला” सार्वजनिक (भिडियो सहित)



भावना म्यूजिक सोलुसनको प्रस्तुती अमृता श्रीपालको “गैरी गाउँको मेला” बोलको गीत हालै मात्र युटुबमा सार्वजनिक भएको छ । यस गीतले समाजको बास्तबिक घटनालाई चित्रण गरेको पाइन्छ ।

गीतमा गायक रन्जित परियार र गायिका अमृता श्रीपालको सुमधुर आवाज रहेको छ । निकै नै रमाईलो रहेको गीतमा गाएक तथा सर्जक सुमन परियारको शब्द रहेको छ । उक्त गीतमामा गायक स्वयंम रन्जितले नै संगीत भरेका छन् । हजारौं म्यूजिक भिडियोहरुमा निर्देशन गरिसकेका निर्देशक शंकर बि सी द्धारा निर्देशित यस म्यूजिक भिडियोमा निर्देशक स्वयंमको साथमा अलिना देउजा , जि बि नेपाली र निशा पुरीको अभिनय देख्न सकिन्छ । गीतमा माया, पिरतीलाई बिशेष प्राथमिकता दिएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्