

काठमाडौं २५ चैत: गायक सागर राईको ‘यादहरू लिएर’ गीतको भिडियो सार्वजनिक भएको छ । राईले देवसाहन भएको आफ्नो बाबाको सम्झना गीत ल्याएका हुन् । गीतको शब्द र संगीत पनि राई आफ्नै रहेको छ । गायक राईले आफ्ना बाबालाई सधैँ सम्झिने भएकोले गीतमा उतारेको बताएको छन् । भिडियोमा जेश शाह, जगत् बोहरा र कृष्णबहादुर बोहराले अभिनय गरेका छन् । त्यस्तै बाल कलाकारमा शङ्कर बोहराले अभिनय गरेको छ । भने, गीतको एरेन्ज देबेश राईले गरेको छ ।





