सलमान जेल जाँदा यी नायिकाले खुसी हुदै भनिन्, ‘कर्मको फल’ मिल्यो



काठमाडौँ, २३ चैत

कालो हरिण शिकार गरेको विषयमा सलमान खानले सजायँ पाएपछि उनका प्रशंसक र फिल्मी क्षेत्रसँग जोडिएका उनका साथीहरु दुःखी र चकित छन् । यता एक नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयातले सलमान खानले सजायँ पाएपछि खुसी व्यक्त गरेकी छिन् ।

सोफियाले इन्टाग्राममा नायिकाको एक तस्बिर सेयर गरेकी छिन् । जसमा guilty लेखिएको छ । साथै बिइंग ह्यूमनबाट बिइंग काटेर ‘नो मोर ह्यूमन’ लेखेकी छिन् । यसका साथै नायिकाले एक लामो पोष्ट सेयर गरेकी छिन् ।

फोटोमा लेखिन्, ‘अन्त्यमा तपाईंले कर्मको फल पाउनुहुन्छ । धेरै मानिसहरु सलमानविरुद्ध बोल्न डराउँछन् किनभने उनीहरुलाई लाग्छ कि सलमानले बलिउडलाई नियन्त्रण गर्दछन् । तर म कसैसँग डराउँदिन । सलमानले जे गरेका छन्, त्यसले उनलाई जेल पुर्याएको छ । यसमा म निकै खुसी छु ।’

उनी थप्छिन्, ‘धर्तीका लागि जनावर निकै आवश्यक छन् । उनले त्यस्तो गर्नुपूर्व केही पनि सोचेनन् । धेरैले उनलाई आफ्नो आइडल मान्छन् । यस्तोमा सलमानले युवा जमातप्रति जिम्मेवारी उठाउनुपर्छ । यस्तो काम गरेरर उनी युवाहरुलाई कस्तो सन्देश दिन चाहन्छन् ? गलत काम गर, त्यसपछि त्यसको र कानूनको खिल्ली उडाउ किनभने तपाईं सेलिब्रिटी हो ?’

प्रतिक्रिया दिनुहोस्