
काठमाडौं, २३ चैत
मारोन मुभी एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र “म्हेन्दु” को शुभ मुहुरत गरिएको छ । चलचित्रको आज राजाधानिमा एक कार्यक्रमको आयोजना गर्दै शुभ मुहुरत गरिएको छ ।
माननीय पर्यटन मन्त्रि रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा चलचित्र को सुभसाईत गरिएको हो । राजधानीमा आयोजित एक बिसेष समाहरोह का बीच मन्त्रि अधिकारीले चलचित्रको इनक्ल्याप गरेका हुन् । चलचित्र क्षेत्रमा क्रियाशील कलाकार तथा पत्रकारहरुको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा बोल्दै माननीय पर्यटन मन्त्रि अधिकारीले ‘ नेपाली मौलिक जनाजिबिकालाई उठान गर्ने यो चलचित्र चलचित्र जगतमा कोसेढुंगा साबित होस् ‘ भन्ने सुभकामना ब्यक्त गरे ।

कार्यक्रम मा बोल्दै बरीष्ट अभिनेता निर शाह , चलचित्र निर्माता संघ का अधक्ष्य आकाश अधिकारि , ब्यबसायी अस्मिता सुमार्गी लगायतका व्यक्तित्व हरुले चलचित्रको सफलताको सुभकामना दिए ।
म्हेन्दू शब्दलाई राम्री, प्यारी अथबा सुन्दर युवतीलाइ जनाउने विशेषणको रुपमा उपल्लो डोल्पामा बसोबास गर्ने शेर्पासमुदायले प्रयोग गर्छन ।
यस चलचित्र हिमालि भेगमा बसोबास गर्ने शेर्पा जाती र तल्लो भेगमा बस्ने आर्यन समुदाय बिचको भाबनात्मक उठान गर्ने मौलिक नेपाली चलचित्र हो ।
चलचित्रमा नव नायक भोला तिमील्सिना र रमेश सोढारी अनी नव नायिका सोनु राइइले एकै पल्ट चलचित्रमा डेब्यु गर्दैछन् ।यसै गरी अन्य कलकारमा ईशा राज कुमार ,बिन्दा थिङ ,कालु राना,चन्द्रमाणी मुडभरी बाबुरामआ शाक्य लगायतको अभिनय रहने छ । बिश्वको सबै भन्दा अग्लो मानब बस्ती उपल्लो डोल्पामा चलचित्रको छायांकन गरिने छ भने चलचित्र बैशाखको पहिलो हप्ता बाट फ्लोरमा जादैछ ।
चलचित्र नेपाली , अंग्रेजी , जापानिज र रसियन भाषामा डबिंग गरि विश्व बजारमा पुराईने निर्देशक नेपालले जानकारी दिएका छन् । चलचित्र करिब डेढ करोड बजेटको हुनेछ । चलचित्रमा संचारकर्मी सरोज कोइराला , बिमल डाँगी र कुमार लामा योञ्जनको संगीत रहेको छ । द्वन्द निर्देशक राजु किंरात रहने छन् ।





