किन गरे मन्त्री यादवले महानिर्देशकलाई सरुवा



काठमाडौं २२ चैत: पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यवसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएपछि माथिल्लो तहका कर्मचारीको सरुवा गरिएको यो पहिलोपटक हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

विभागले अनुगमन तथा कारबाहीको कार्यलाई रोक्न सरकारलाई दबाब दिँदै आएका थिए ।
व्यपारीकै दबाबमा एक महिनादेखि बजार अनुगमन रोकेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्ततः विभागका महानिर्देशकलाई नै सरुवा गराएका छन् ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्