जथाभावी शुल्क नलिन शिक्षामन्त्रीको निर्देशन



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरूलाई निर्देशन दिएका छन् । शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र नभएकोले जथाभावी शुल्क नलिन मन्त्री पोखरेलले निर्देशन दिएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रालयको निर्देशिका, ऐन, नियममा रहेर शुल्क लिन आग्रह गरेका हुन् । नियमविपरीत शुल्क उठाएको गुनासाहरू आएका भन्दै उनले अनियमित कार्य तत्काल बन्द गर्न निर्देशन दिए ।

कार्यक्रममा मन्त्री पोखरेलले विद्यार्थीले बोक्नै नसक्ने गरी अव्यावहारिक ढंगले पुस्तक किन्न नलगाउनसमेत आग्रह गरे । विद्यार्थीलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्ने उनको भनाइ छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्