सीमामा छैन राज्यको उपस्थिति



काठमाडौं २२ चैत: चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन । यो समाचार आजको नागरिकमा छापिएको छ ।

कोरला नाकाबाट झन्डै १२ किलोमिटर दुरीमा नेपाल प्रहरीको चौकी छ तर सो चौकीले सीमासम्म आफ्नो पहुँच पुर्याउन सकेको छैन ।

कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्ययावलोकन गर्न पाईने भए पनि नजिक नेपाली बस्ती र नेपाली सरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या आउनसक्ने त्यहाँ गएर फर्केका आन्तरिक पर्यटकले बताउने गरेका छन् ।

चार हजार आठ सय ९५ मिटर उचाईमा रहेको कोरला नाका सञ्चालनका लागि जनस्तरदेखि राज्यको अधिकारीसम्म चर्चा चलिरहे पनि सीमामा त्यसअनुसारको गतिविधि भने पाईँदैन ।

प्रतिक्रिया दिनुहोस्