पत्‍नी वियोगमा मदनकृष्णको मार्मिक कविता



काठमाडौं- पत्‍नी वियोगमा रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्‍जालमा कवितामार्फत पीडा व्‍यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सबैले माया मारेर के भो, तिमी छँदैछौ नि मलाई प्यार गर्ने,तिमीले पनि माया दिन नभ्याउँदा,आँसु छँदैछ नि मलाई स्यार गर्ने।’

सबैले माया मारेर केभो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैनि मलाई स्यार गर्ने

श्रेष्ठको श्रीमती यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। पशुपति आर्यघाटमा छोरा यमन श्रेष्ठले आमा यशोदालाई दागबत्ती दिएका थिए। मदनकृष्ण श्रेष्ठको आखाँबाट आँसु बगिरहेको थियो भने त्‍यहाँ उपस्थित वरिष्ठ कलाकार हरिवंश आचार्य लगायत सबैको अनुहार भावविह्‍वल देखिन्थ्यो। (साभार : देश सञ्चारबाट)

प्रतिक्रिया दिनुहोस्