भ्रष्टाचारले डुबाएको राजनीति



खुमबहादुर २०५९ सालमा भ्रष्टाचारको मुद्दा नलागुन्जेल कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि चुनौती दिने नेतामा गनिन्थे । २०५९ सालसम्म उनको राजनीतिक जीवनयात्रा सधैँ उकालोमा थियो, उनले कहिल्यै ओरालो यात्रा गर्नुपरेन ।

तर जब २०५९ सालमा उनीमाथि भ्रष्टाचारको मुद्दा लाग्यो, त्यही बेलादेखि उनको जीवनले ओरालो यात्रा सुरु गर्‍यो । विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता हुनुअघिसम्म उनलाई कांग्रेसदेखि अन्य दलका नेता कार्यकर्ताले पनि मान्थे ।

पटक पटक गृहमन्त्री हुँदा उनले प्रहरीदेखि अन्य सुरक्षानिकायमा आफूनिकट सयौँ सर्वसाधरणलाई भर्ना गराएका थिए । भ्रष्टाचारको मुद्दा लाग्नुअघि लोकप्रियताको शिखरमा रहेका उनी त्यसपछि रातारात भिलेन बन्न पुगे ।

भ्रष्टाचार मुद्दा लागेसँगै उनको गुणागान गाउनेले पनि बाइबाइ गरे । पार्टीले भूमिका नदिए पनि पनि उनी निरन्तर सक्रिय रहे । दोस्रो जनआन्दोलनका क्रममा पार्टीले बेवास्ता गरे पनि उनी आफ्ना समर्थकलाई लिएर जुलुससहित रत्नपार्क र सुन्धारा घुमिरहन्थे । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्