बेलायतले न्यूनतम ज्याला बढायो



काठमाडौं २१ चैत: बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

अब २५ बर्षमाथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७ दशमलव ५० पेन्स बाट बढाएर ७ पाउन्ड ८३ पेन्स पुर्याइएको छ ।

जुन गत बर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो । यो घोषणाले पूर्णकालिन कामदारको बार्षिक आय करिब ६ सय पाउन्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ । १८ वर्ष उमेरका कामदारलाई ५ पाउन्ड ६० पेन्सबाट ५ पाउन्ड ९० पेन्स वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्