
काठमाडौं, १८ चैत
महानायक राजेश हमालको वैवाहिक जिवनमा पुर्णविराम लागेको छ । विहे भएको ५ वर्ष नपुग्दै राजेश हमाल र मधु भट्टराईबीच सम्बन्ध विच्छेद भएको हो । राजेश हमालले बच्चा कहिले जन्माउने भन्ने चर्चा चलिरहँदा राजेश र मधुबीचको डिभोर्सको खबर सार्वजनिक भएको छ । केहि दिन अघि मात्रै एक अन्तवार्तामा राजेशले अब छिट्टै सन्तान जन्माउने बताएका थिए । ५० वर्ष पार गरेपछि विहे गरेका राजेशको वैवाहिक सम्बन्धको विषयमा बेलाबेलामा विभिन्न खबर सार्वजनिक हुने गरेका थिए ।

अन्ततः राजेशको डिभोर्सको खबरसँगै उनका प्रशंसकहरु निराश भएका छन् । डिभोर्स हुनुको खास कारण सन्तानको विषय रहेको बुझिएको छ । राजेशले बच्चा जन्माउने चाहाना गरेको तर मधुले तत्काल आफु आमा बन्न तयार नभएको कारण सम्बन्धमा खटपट आएको हमाल निकट स्रोतले जानकारी दिएको छ बुढ्यौली लागि सक्दा पनि मधुले बाबु बन्ने चाहाना पुरा नहुने भएपछि राजेशले वैवाहिक सम्बन्धमा रहिरहनु उचित नठानेको बताइएको छ । यस विषयमा उनीहरुको प्रतिक्रिया लिन खोज्दा राजेश र मधु दुबैसँग सम्पर्क स्थापित हुन सकेन् ।
तर यो समाचारलाई गम्भिर रुपले नलिनु होला किनभने आज अप्रिल फुल अर्थात ढाँट्ने दिवस हो ।





