परिवर्तनकोलागि हातेमालोको छैठौं अभियान सम्पन्न



विराटनगर, १७ चैत

परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाले ‘हाम्रो रहर : सफा, स्वच्छ र सुन्दर बिराटनगर’ भन्ने मूल नाराको साथ जारी सरसफाइ महाअभियान आज छैटौं हप्तामा पुगेको छ ।

जिल्ला मालपोत कार्यालय, जिल्ला अदालत र लेखापढी संघको कार्यालयमा सरसफाइ गरी सम्पन्न भएको सफाई अभियन्ता राम पोखरेलले जानकारी दिएका छन् । कार्यक्रमा ३० जना भन्दाबढि अभियन्ताहरुको सहभागिता रहेको थियो ।

पोखरेलका अनुसार सम्बन्धित निकायको ध्यानाकार्षण गर्नको लागि अभियन्ताहरुले जम्मा गरेका प्लास्टिक, मादकपदार्थका बोतल र अन्य दुई ट्याक्टर फोहोरजन्य बस्तुहरु  मालपोतको मूल ढोका अगाडि जम्मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्