मानवीय खुशी साट्दै लाईन्स क्लब अफ जोरपाटी



१५ चैत्र २०७४

काठमाण्डौ,  व्यस्त जीवनका कारण मानिसहरुमा बढ्दै गएको चिन्ता / पीरलाई कम गर्ने उद्देश्यले लाईन्स क्लब अफ जोरपाटीले आज एक दिने ह्याप्पी (खुशी) सेमिनार सम्पन्न गरेको छ । अर्जुननरसिंह के.सी.को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रखर भागवत वाचक दिवाकर भण्डारीले विशेष अतिथिको रुपमा सहभागी भई आध्यात्मिक प्रशिक्षण दिएको जानकारी आयोजकले बताएका छन् ।

दुई सय भन्दा बढी सहभागी रहेको कार्यक्रमका सहभागीहरु सेमिनार प्रति सन्तुष्ट देखिन्थे । यस प्रकारका कार्यक्रमले मानवीय जीवनमा निकै फाईदा पुग्ने भएकोले  निरन्तर आयोजना गर्नुपर्ने माग सहभागीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्