
काठमाडौं, १४ चैत
अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् ।लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ ।
एक वेबसाइडसँगको कुराकानीमा त्यहाँ उपस्थित मान्छेहरूले बताए कि उनी हात हल्लाउँदै नाचिरहेकी थिइन् ।नयाँ पत्रिकाले छापेको छ ।
नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन्, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो ।उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे । आखिर एक आइस बास्केटमा उनको औँठी फेला प(यो ।





