
काठमाडौं,१३ चैत
सुतेको बेला हामी जादुगर संसारमा जस्तै विभिन्न सपनाम भुलेका भूलेका हुन्छौँ । कहिले निकै राम्रो सपना देख्छौँ भने कहिले डरलाग्दा । ज्योतिषशास्त्र अनुसार हामीले देख्ने सपनाले त्यसको फल दिन बताउछ।
ज्योतिषाचार्य पं प्रफुल्ल भट्टका अनुसार आज हामीले कस्ता कस्ता सपना देख्दा नराम्रो हुन्छ भन्ने बारे जानकारी गराउँदै छौँ :
१ सपनामा कसैले आफु कंगाल भएको देख्छ भने उस व्यक्तिको व्यवसाय पुरै तरिकाले घाटामा जान सक्छ।
२ सपनामा कसैले चरा कराएको देख्छ भने उसको सबै धन तथा प्रतिष्ठा नष्ठ हुने गर्दछ।
३ जसले सपनामा आफैले घरको फर्निचर तोडफोड गरेको देख्छ, उ निकै चाडो केही समस्यामा पर्ने गर्दछ।
४ कसैले सपनामा एकदमै बढी सुन देख्छ, उसको धन सम्पत्तिमा हानी हुनेको योग रहन्छ।
५ सपनामा कुनै ठाउँमा जाँदाजाँदै अध्यारो भएको देखिएमा त्यस्ता व्यक्तिमा गम्भिर आर्थिक संकट आउने गर्दछ।
६ सपनामा कुनै व्यक्तिले आफ्नो समाचार पढेको देख्छ भने उसको पनि धन हानी हुन सक्छ।
७ सपनामा कसैले उल्लु देख्छ भने उसको धन हानी तथा अन्य कष्ट समेत उठाउनु पर्दछ।
८ यदी कोही धन मान्छेले आफु इनारमा खसेको देख्छ भने उसको व्यवसायमा ठूलो नोक्सान हुने गर्दछ।





