एन्फाको चुनाव हुने सम्भावना बढ्यो



भक्तपुर जिल्ला फुटबल संघविरुद्ध दायर भएको मुद्धा फिर्ता भएपछि एन्फा चुनावको गतिरोध अन्त्य हुने संकेत देखिएको छ ।

आफूहरुलार्इ नियमविपरित बाहिर राखेर चुनाव गराएको भन्दै भक्तपुरका तीनवटा क्लबले भक्तपुर जिल्ला अदालतमा अध्यक्ष गौतम सुखजुविरुद्ध मुद्धा दायर दायर गरेका थिए ।

भक्तपुर फुटबल क्लब, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले जिल्ला अदालतमा चुनाव रोक्न अन्तरिम आदेशको मागसहित मुद्धा दायर गरेको थियो ।

आफूलार्इ चुनावमा सहभागी नगराएको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजुले पाटन उच्च अदालतमा चुनाव रोकी पाउँ भन्दै मुद्धा दायर गरेपछि एन्फाको चुनाव स्थगित भएको थियो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीनवटै क्लबका अध्यक्षहरुले आफ्नो कारणले एन्फाको चुनाव नरोकियोस् भनेर मुद्धा फिर्ता लिएको बताएका छन् ।

यता भक्तपुर र मकवानपुरले संयुक्त रुपमा आफूहरुलाई चुनावमा सहभागिता गराउनबाट बञ्चित गरेको भन्दै रिट दायर गरेको थियो ।

त्यस रिटमा ललितपुर उच्च अदालतले तत्कालका लागि चुनाव रोक्न अन्तरीम आदेश दिएको थियो ।

अब मुद्दा फिर्ता लिएपछि दुवै जिल्लामा चुनावका लागि बाटो खुलेको छ भने एन्फाको चुनाव पनि चाँडै हुने आशा गरिएको छ । मुद्धा फिर्ता लिए पनि आफ्नो अधिकारको लडार्इं भने कायम रहेको प्रतिक्रिया भक्तपुर युनाइटेड क्लबका अध्यक्ष राम प्रजापतिले बताउनुभयो ।

उहाँहरुले केन्द्र र भक्तपुरको मुद्धा एक आपसमा सम्बन्धित नभएको दाबी गर्नुभयो । भक्तपुरमा गैर–फुटबलकर्मीलार्इ संलग्न गराएर चुनाव गराएकोमा मुद्धा हालेको बताउनुभयो ।

‘हामीले यो मुद्धा कार्यसमितिको माग गर्दै राखेको होइनौं’, अध्यक्ष राज प्रजापतिले भन्नुभयो, ‘हामी फुटबलको विकासमा काम गर्दै आएको व्यक्तिलार्इ पनि समावेश गराउनका लागि ताकेता गरे पनि त्यसको सुनुवार्इ भएन । त्यसैले यो कदम चल्नु परेको हो ।’ (उज्यालो अनलाईन)

प्रतिक्रिया दिनुहोस्