
काठमाडौं, १३ चैत
यतिखेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य निकै चर्चामा छन् । ‘शत्रु गते’ चलचित्रमा निभाएको भूमिका कारण दुवैले चौतर्फी चर्चा बटुलेका हुन् ।
मदनकृष्ण र हरिवंश (मह जोडी) ले एक साथ जोडी बाँधेर अभिनय सुरु गरेको ३८ वर्ष पुगेको छ । ३८ वर्षअघि रंगमञ्चबाट मह जोडीले अभिनय यात्रा थालेका थिए । त्यसबेलादेखि ‘शत्रु गते’ सम्म आइपुग्दा पनि उनीहरूबीचको मित्रता कायमै छ ।
हरिवंश आचार्यले विश्व रंगमञ्च दिवसको अवसरमा मंगलबार फेसबुकमा राखेको तस्बिरमा ३८ वर्षअघि दुवै कलाकार कस्ता थिए भनेर थाहा पाउन सकिन्छ ।
तस्बिरमा दुवैजना पातलो कदका देखिन्छन् । हरिवंश चौकीदारको रूपमा हातमा बन्दुक लिएर उभिएका छन् भने जुँगा पालेका मदनकृष्ण रिसाएको अवस्थामा देख्न सकिन्छ ।





