‘गाई काट्न पाउँ’ भन्नुको मतलव नेपाली मार्न पाउँ भनेको हो – अस्मिता भण्डारी (भिडियो सहित)



हामी नेपाली सदियौंदेखि मिलेर बसेका छौं । मिलेर बसेको देखिनसहनेहरुले जनयुद्ध नामक एक युद्ध चलाइदिए । हाम्रा १७ हजार दाजुभाई दिदीबहिनीलाई हामीले गुमाऔं । अब त्यो अध्याय समाप्त भयो ।अब विदेशी एजेन्ट, विदेशी एजेन्सीले नेपालमा कसरी नेपालीहरु आपसमा लडेर मर्छन्, कसरी मार्न सकिन्छ भन्ने सोचेर बसेका छन् ।

एउटा प्रदेशको एक उपसभामुखले गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिनु भएको भनेर मिडियामा विषयहरु आइरहेका छन् ।यो कति सत्य हो भन्ने त खुल्दै जाला तर यस्ता अभिव्यक्ति आउनु अनौठो होइन । यो कुनै स्वतस्फूर्त आएको अभिव्यक्ति होइन । यो नियोजित रुपमै अभिव्यक्त गराईएको हो । यो बोली विदेशीको हो । वोल्न मान्छे एक बुख्याचा हो । बुख्याचाले आफ्नो मालिकको आज्ञा पालना गरेको मात्रै हो । (ओ एस नेपाल)

प्रतिक्रिया दिनुहोस्