
काठमाडौं, ९ चैत
गायिका अन्जु पन्त निकै चर्चित स्वरको धनि सबै भन्दा धेरै गीत गाउने र धेरै पुरस्कार पाउने गायिकामा परछिन् |उनले अन्जु पन्त फाउण्डेसन स्थापना गरेर समाज सेवा गर्दै आइरहेकी छिन् |अभिषेक उप्रेतीको पहलमा मकवानपुरको खैराङमा रहेको एक चेपाङ बस्तिमा अन्जु पन्तले १०० ब्ल्यांकेट लगायतका राहत सामाग्री वितरण गरेकी छिन् ।आर्थिक, सामजिक शैक्षिक सबै क्षेत्रमा पछाडि परेको करिव ८ वर्ष पहिले पनि ओडारमा बस्दै आएको चेपाङ समुदायको अवस्था निकै कमजोर भएका अन्जु पन्त फाउण्डेसनमार्फत अन्जुले १०० ब्ल्याङकेट लगायतका सामग्री वितरण गरेको हो |
बाटोको अवस्था ज्यादै नराम्रो भएकोले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने राजमार्गबाट २३ किमी मात्रको दुरीमा रहेको यस बस्तीमा पुग्न ५ घन्टा लाग्छ। ‘त्यहाँको समुदायमा शिक्षा र स्वास्थ्यको त के कुरा दात माझ्नु पर्छ भन्ने सम्मको ज्ञान पनि रहेनछ’, भन्छिन् ‘१३र१४ बर्षको उमेरमा बाल विवाह गर्ने र बाल तथा मातृमृत्य दर अन्त्यन्तै उच्च रहेछ।’ अन्जु बताउछिन्। ‘त्यस्तो ठाउँसम्म आखा पुर्याइदिने अभिषेक उप्रेती र उहाँको परिवारलाई धन्यवाद।’ साथै उनले त्यस्तो ग्रामिण र दुर्गम ठाउँमा सरकारले पनि ध्यानाकर्षण गर्नु पर्ने बताउछिन।





