करिनाले छोरा तैमुर रोएपछि हैरान भएर यसो गरिन्



काठमाडौं, ९ चैत

केही दिनअघि बलिउडकी नायिका करिना कपुर छोराका साथ साथी अमृता अरोडाको घर पुगेकी थिइन्। तैमुर निकै खुसीका साथ अमृताको घरमा बसेका थिए।तर त्यहाँबाट निस्कने क्रममा भने उनी एक्कासी भक्कानिदै रुन थाले।

कारमा बस्दै गर्दा छोरो रुन थालेपछि करिनाले उनलाई सम्‍झाउन थालिन्। अनेक जुक्‍ति लगाउँदा पनि छोराले नमाने पछि करिना हैरान भइन्।छोरालाई फकाउन एउटा सानो बाकस पनि दिइन् ।तर पनि उनी चुप लागेनन्।

खास उनी मम्मीको बेस्ट साथीको घरबाट छुटिँदा रोएका थिए।यसअघि उनको एयरपोर्टमा आमा करिनाको काखमा रुँदै गरेको तस्बिर सोसल मिडियामा भाइरल भएको थियो। पछिल्लो समय तैमुरका तस्बिर सोसियल मिडियामा अाउनेक्रम बढिरहेको छ।।एजेन्सी

प्रतिक्रिया दिनुहोस्